बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
नेपाल भलिबल संघले भुटानमा भएको सेन्ट्रल एसोसियसन काभा बिच भलिबलमा रजत पदक जितेको नेपाली टोलीलाई स्वागत गरेको छ। संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दसँगै अन्य पदाधिकारीहरुले उनीहरु सोमबार त्रिभुवन विमानस्थलमा स्वागत गरेका हुन्। भुटानको थिम्पुमा आइतबार भएको फाइनलमा नेपालका भावना डाँगी र सुनिता राईको जोडीले रजत पदक जितेका थिए। डाँगी र राइको जोडी भारतसँग पराजित भएको थियो। कमला पुन
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







